कोरियन संस्थाले नेपालमा स्मार्ट खेती गर्ने

<span class='c1'>कोरियन संस्थाले नेपालमा</span> <span class='c2'>स्मार्ट खेती गर्ने</span>

काठमाडौं । नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने भएको छ ।

कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थाले नेपालमा प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट खेती सुरु गर्नेतयारी पनि गरिरहेको छ ।

बिहीबार काठमाडौंमा आयोजित दोस्रो एसिया वायो नेटवर्क फोरमको कार्यक्रममा कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थासँग नेपालमा स्मार्ट खेतीका लागि सहकार्य हुने साख स्टिलका निर्देशक किरण साखले जानकारी दिए । उनले भने,‘एउटा एबीसी क्लष्टर भन्ने संस्था छ । संस्थाले नेपालमा हामीसँग सहकार्य गरेरसुरुमा स्मार्ट फार्मिङ सुरु गर्दैछ । हाइ टेक्नोलोजीको प्रयोग गरि नेपाली हर्बलको फार्मिङ गरिनेछ । त्यसलाई प्रशोधन गरेर कोरिया लैजाने तयारी गरिरहेका छौं ।’

नेपाल र कोरियन प्रविधिको आदनप्रदान गर्ने स्मार्ट फार्मिङमार्फत नेपाली हर्बललाई विश्वमा विस्तार गर्ने संस्थाको तयारी रहेको साखले जानकारी दिए । खेतीको प्रक्रिया संस्थाले नै सिकाउने र खरिद संस्थाले नै गरेर लैजाने योजना रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्