उदयपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>उदयपुरमा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १-०५-०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को.२८ प ७०८६ मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उदयुरगढी-६ का ३४ बर्षीय रत्न कुमार तामाङ र पछाडि सवार उनकै ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट ल्याईएकोमा उपचारको क्रममा रत्न कुमार तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक ४० वर्षीय बिनोद कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्