-ऋषि तिवारी
'चिसो हुस्सु र कुहिरोको चपेटामा थिएँ ।'
खाना खाइसकेपछि आफ्नो गन्तव्य नै अफिस हुँन्थ्यो ।
म अफिसको बाटो लागें । बाटामा जिन्दाबाद, मुर्दावादको नारा घन्किदै मोटरसाइकलको -याली अघि बढ्दै थियो । त्यो मोटरसाइकल पास भएपछि मैंले बाटो क्रसिङग गरेर अघि बढ्नु नै बुद्धिमानी ठानें । मपनि मोटर साइकलमै थिएँ । टक्क अडिएँ । सुन्न थालें उहि आवाज 'जिन्दाबाद, मुर्दावाद ।'
पछाडि एकजना चिरपरिचित व्यक्ति मोटरसाइकलमै मेरो नजिक आए, भन्न थाले, 'ओइ श्यामसुन्दर हिड्, हिड् आन्दोलनमा देशको मुहार फेर्नेबेला भो ।'
ऊ भन्दा म एक नम्बर राजनीतिमा चाख लिन्थेँ । कलेज जीवनदेखि नै राजनीतिक चासो राख्ने विद्यार्थी थिएँ । आफ्नो पक्षको नेताको जिन्दाबाद गरिन कि विपक्षीलाई मुर्दावाद गरिन कि ? के गरिन मैंले?
राजनीतिक फोहरी खेल हो भन्दै मैंले राजनितिक छोडे ।
मैंले उनलाई भने, 'मैंले राजनीति छोड्या हो बुझ्यौं ।' यति मात्र के भनेको थिएँ, ऊ फेरि मोटरसाइकल मेरो अघिबाटै हुइक्कियाउँदै, उसले पनि चर्को आवाज दियो, 'जिन्दाबाद, मुर्दावाद ।'
आज ऊ पार्टीको लागि जिन्दाबाद, मुर्दावाद गर्दैछ एक कार्यकर्ता भएर आखिर के का लागि ? पक्का पनि देशको लागि होइन्, हो भनेपनि स्वार्थी नेताको लागि । नेपाल आमाको लागि चाहि पक्कै होइन् हैं ।
पछिल्लोतिरबाट पुलिसको भेन साइरन बजाउँदै आयो । म अझै बाटो किनारामै छु, प्रहरी प्रशासनले गाडी रोक्यो, मलाई भन्यो, 'ओई तँ, कुन पार्टीको ?'
भित्र भित्रै डर पस्यो, के गर्ने नगर्ने, भन्न थालें, हतासिएर भन्न थालें, 'म नेपाल आमा पार्टीको ।'
विराटनगर-६, ममता-मार्ग ।