२९ करोडमा बनेको झोलुङ्गे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

<span class='c1'>२९ करोडमा बनेको झोलुङ्गे</span> <span class='c2'>पुलको प्रधानमन्त्रीले गरे उद्घाटन</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उदघाटन गरेका हुन् । झन्डै २९ करोड रुपैयाँ लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको छ ।

पुल निर्माणका लािग २५ करोड ८० लाख नगद र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको उपयोग गरिएको छ । सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।
झोलुङ्गे पुलको चौडाई चार फिट रहेकाले मानिस, चौपाया, साइकल र मोटरसाइकल पुलमाथि आउजाउ गर्न सक्छन् ।

झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डो¥याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्