इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई

<span class='c1'>इंग्लिस फुटबल लिग</span> <span class='c2'>कपको उपाधि लिभरपुललाई</span>

काठमाडौं । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो ।

आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो । चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त समयको पनि अन्तिम मिनेट कुर्नु परेको थियो ।
निर्धारित समय गोलरहित बराबरीमा भएपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा कप्तान भर्जील भ्इान डाइकले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहेका बेला गोल गरेका थिए ।

खेलको ११८ औं मिनेटमा कोन्सटान्टिनोस सिमिकासले प्रहार गरेको कर्नर किकलाई डाइकले हेडर गोलमा परिणत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्