कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिता सुरु

<span class='c1'>कोशी प्रदेश स्तरीय सफ्ट</span> <span class='c2'>टेनिस प्रतियोगिता सुरु</span>

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस खेल प्रतियोगिता बुधबारबाट विराटनगरमा सुरु भएको छ । उद्घाटनकै दिन दुई पुरुष र चार महिला खेलाडी सेमिफाइनलमा पुगेका छन् ।

मोरङ जिल्ला सफ्ट नेनिस संघले आयोजना गरेको प्रतियोगिताको पुरुष एकल खेलमा बाई पाएर क्वाटर फाइनल पुगेका अशलेश ढकाल र आभाष बुढाथोकी बिच प्रतिस्पर्धा भएको थियो । क्वाटर फाइनलमा बुढाथोकीलाई शुन्य चारको अन्तरले हराएर ढकाल सेमिफाइनलमा पुगेका हुन् ।

महिला सिंगल तर्फ अभिलाशा लामिछाने, श्रेया राई, रेजिना तामाङ र श्रेया योन्जन सेमिफाइनलमा पुगेका छन् । लामीछानेले याना राजभण्डारीलाई ४—१ को अन्तरले, राईले मुस्कान गुप्तालाई ४—० को अन्तरले पराजित गरेकी हुन् । तामाङले आरुशी लामिछानेलाई ४—० को अन्तरले र योन्जनले श्रेया उपाध्यायलाई ४—० कै अन्तरले पराजित गरेको रेफ्री राजेश लामीछानेले जानकारी दिए ।

बिहीबार महिला र पुरुष डबलका प्रतियोगिताहरु हुने छन् । प्रशिक्षक राजेश बोहराका अनुसार ६ जना भेट्रान खेलाडी बिचपनि प्रतियोगिता गराइने भएको छ। यो खेल लिगमा खेलाइने छ । उद्घाटनमा सफ्ट नेनिसका पूर्व खेलाडीहरुलाई पनि सम्मान गरिएको छ । प्रदेश स्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको छ । सबै बिधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रुपैंया नगद पुरस्कार दिइनेछ । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेल र खेलाडीको स्तर बृद्धीका लागि बोर्ड तयार रहेको बताए ।

आयोजक संघका अध्यक्ष श्यामकुमार लामाका अनुसार नेपालमा सबै भन्दा पुरस्कार जित्ने यो खेलका खेलाडी विराटनगरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्