काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबारका लागि यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४४.९ रुपैयाँ रहेको छ । बिहीबार खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँले कारोबार भएको थियो ।
त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ । हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ रहेको थियो । आज कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.४७ रुपैयाँ रहेको छ ।