प्रतिनिधि सभाः सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

<span class='c1'>प्रतिनिधि सभाः सभामुखको पाँचौं</span> <span class='c2'>रुलिङ, सरकार भने मौन</span>

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन् ।

सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।

उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन् । सभामुखले सरकारलाई यही २१ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिन मिति नै तोकेर रुलिङ गरेका हुन् । आज प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कार्वाही अवरुध्द गर्ने प्रयाश गरेका थिए । त्यसपछि सभामुखले रुलिङ गरेका हुन् ।

सदनमा आफूहरुले बारम्बार उठाउँदै आएको बालकुमारी घटनामा आरोपति मन्त्री सहित स्वास्थ्य मन्त्रीको राजीनामा, मिटरव्याजी पीडित र लघुवित्त पीडितका समस्या एवं दुग्ध किसानको समस्या सडकबाट सदनसम्म आउँदा पनि सरकार मौन रहेको र आफूहरुले उठाएको विषयमा सरकारले महत्व नदिएको भन्दै उनिहरुले विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्