विराटनगर । विराटनगर १३ मा रहेको डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।
शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।
अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड फेष्टीभल, चित्रकला, र खेलकुद सामाग्रीहरू पनि प्रर्दशनीमा राखिएको थियो । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष सुरेश कुमार शर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई नैतिक शिक्षा पनि दिएर अगाडी बढेको बताए । अभिभावक, शिक्षक र विद्यार्थीहरुको मेहनतको कारणले विद्यालयले सफलता हासिल गर्दै गएको उनले बताए ।
कार्यक्रममा बोल्दै डिएभी स्कुलका प्रिन्सिपल रमेश मिश्राले विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षासँगै गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखि अगाडी बढेको उनले बताए । प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयले राष्ट्रिय निमार्णमा ठूलो योगदान पुर्याएको चर्चा गरे । उनले देशभरीमा निजी विद्यालयहरुमा मात्र २५ लाख बढी विद्यार्थीहरु अध्ययन रहेको जानकारी दिदै ६ खर्ब बढी लगानी रहेको बताए । राष्ट्रिय निमार्णमा निजी विद्यायहरुको ठूलो योगदान रहेको चर्चा गर्दै उनले राज्यले बनाउने नीति निमार्ण सहज बनाउनुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री जयराम यादवले नैतिक शिक्षासँगै विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिएर अगाडी बढनुपर्ने बताए ।
सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गीत प्रस्तुत गरी दिनभरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई रमाइलो प्रदान गरे । कक्षा नर्सरीदेखि १२ कक्षासम्म १ हजार ३ सय बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ।