झापा र मोरङबाट लागुऔषधसहित २ जना पक्राउ

<span class='c1'>झापा र मोरङबाट लागुऔषधसहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका- २ स्थितका ३५ बर्षीया रिना देवी सिहंले गाँजा घरमा लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी. गाँजा फेला पारी बरामद गरेसगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्