केहीदिन अघि विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमको वार्षिक उत्सवको कार्यक्रममा आएकी नायिका तथा मोडल वेनीसा हमाल संग हाम्रा सहकर्मी प्रेम देवानले गरेको गफगाफ गरीएको सार ।
-विराटनगर पहिलो आगमन हो ?
नाई, हैन, यो मेरो दोस्रो पटक हो, यस अघि मैले डेब्यू गरेको र्फस्ट फिल्मको प्रचार प्रसारमा आएकी थिए । आजभन्दा पाँच बर्ष अगाडी ।
-पाँच वर्ष अघिको विराटनगर र अहिलेको वर्तमान विराटनगरमा के भिन्नता पाउनु भयो ?
धेरै नै फरक र परिवर्तन भेटे । त्यो बेला सडकहरु साँघुरो थियो तर अहिले फराकिलो बन्दै रहेछ । विराटनगरको बजारहरु पनि फराकिलो भैरहेको छ । भीड पनि बढेको छ । यसपाली एयरपोर्टबाट आउँदा गाडीको चाप देखे । गर्मीपनि बढेको रहेछ ।
-भनेपछि विराटनगरको गर्मीले निकै नै माया गरेर पसिना नै निकाले जस्तो छ नि ?
हा...हा....हा एकदमै विराटनगरमा आएरपनि पसिना आएन भने त तराई आएको मज्जा नै भएन । अब गर्मी त विराटनगरको विशेषता नै हो नि । जे होस् विराटनगर रमाइलो छ, यहाँका बासिन्दाहरु मिजासिलो हुनुहुन्छ ।
-पछिल्लो समय बेनिसा हमाल के मा व्यस्त हो ?
पछिल्लो समय म एउटा ब्लाइन्ड ड्रग्स भन्ने फिल्म फ्लोरमा जान लागेको छ , त्यो आउँदो नोभेम्बरमा रिलिज हुँदैछ । यसको लागि वर्कसप गरिरहेको छु । थिएटर क्लासहरुपनि लिइरहेको छु । विभिन्न इभेन्ट व्यस्त छु ।
-अहिले सम्मको यो कतिऔं फिल्म हो ?
यो पाँचौ हो । म्युजिक भिडियोमा करिब सयभन्दा बढिमा अभिनय गरिसकेको छु ।
-यो पाँचौ फिल्मसम्म आउदाँ त यात्रा त सजिलो भएन होला नि ? कतिको संघर्ष गर्नु भयो आफूँलाई कलिउडमा स्थापित गर्न ?
कलिउडमा आइपुग्दा त धेरै नै चुनौतिको सामना गर्नुपर्ने रहेछ । बाहिरबाट हेरे जस्तो सजिलो हुँदैन रहेछ । साथै पाइला पाइलामा संर्घष गर्नुपर्यो । शुरुवातको समयमा त झनै गार्हो भयो । हुन त फिल्म खेल्न खासै गार्हो भएन तर यसलाई निरन्तर दिन सजिलो नहुने रहेछ । एउटा पोजिसन र स्थान बनाउन र बेनिसा हमाल भनेर चिनाउन सफल भएको छु । यसमा म खु्शी छु ।
-परिवारको सर्पोट कतिको पाइरहनुभएको छ ?
सबैभन्दा ठुलो कुरो त फिल्मी क्षेत्रमा लाग्ने कलाकारलाई परिवारको सहयोग अपरिहार्य हुन्छ । मलाई पनि मेरो बाबाले पढाई सकि अभिनय क्षेत्रमा लाग भन्नु भएको थियो ।
-त्यसो भए पढाई सक्नु भयो त ?
मान्छे कहिलेपनि पुरा पढन सक्दैन । मानिस अध्ययनशिल प्राणी हो । अँगे्रजीमा मैले स्नातकोत्तर गरेको छु । कलाकारिता क्षेत्रमा एकेडेमिक पढाइको बोझ छैन ।
-बेनिसा हमालको प्रेम चक्करमा पनि त पेरेको छ भन्ने सुनिन्नमा आएको छ नी ?
नाई गलत हो अहिले सम्म आइ एम टोट्ली लिभिगं सिंगल । प्रेम गर्छन तर जीवन साथी को रुपमा हैन सेलीव्रेटीको रुपमा ।
-प्रेम प्रस्ताव कतिको आइरहेको छ ? डेटिगंलाई पनि समय दिनुहुन्छ होला ?
आउँछ, यत्रो उमेर भैसक्यो । प्रेमको प्रस्ताव आएन भएन त जिवनको कुनै महत्व र अर्थ नै भएन । हाँसो.................. तर अहिलेसम्म प्रेममा फसेको छैन । लायकको मान्छे अहिलेसम्म फेला परेको छैन । भएको भए म यसरी धक फुकाएर एक्लै छु भन्ने नै थिइन । प्रेममै अलपत्र नपरेपछि डेटिंगको सवालै उठेन नि ।
उमेरले त विहेगर भनिसके छ नि ? अब कहिले हो बेनिसाको घरजम ?
विहे भन्ने कुरो समय र लगन आएपछि गर्ने कुरा हो । अहिले म विहे गर्छु , अब उमेर भयो । परिवारका सदस्यहरुले विहेकालागि दबाब दिए भने र अहिले क्यारियर बनाउने बेलामा म विहेको बारेमा सोच्न थाले भने म मेरो यस कलायात्रालाई निरन्तरता दिन सक्दिन । अहिले विहेलाई पछिका निम्ती साँचेर राखेको छु ।
-अन्तमा भनेपछि भविष्यको राजकुमार बेनिसाको लागि कस्तो हुन्छ ?
बेनिसालाई अपार माया गर्ने, मेरो पेशालाई बुझ्ने । बुद्धिमान हुनुपर्यो । साथै निर्णय लिने क्षमता हुनुपर्यो अनि अलिअलि हेण्डसम पनि हुनुपर्यो । हा....हा....हा...