हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा

<span class='c1'>हङकङमा हुने त्रिकोणात्मक टी २०</span> <span class='c2'>सिरिजका लागि नेपाली टिम घोषणा</span>

काठमाडौं । हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो ।

अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २० खेलि रहेको टिमबाट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल साह र आशिफ शेखलाई विश्राम दिइएको छ । रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अभिनास बोहोरा रहेका छन् ।

नेपालले हङकङमा मार्च ९ देखि १३ तारिखसम्म त्रिकोणात्मक टी २० क्रिकेट खेल्ने छ । त्यहाँ नेपालले घरेलु टोली हङकङका साथै पपुवा न्युगिनी (पीएनजी)सँग पनि खेल्ने तालिका रहेको छ । त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन्। मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ । साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्