जीवन विकासको २६ औं साधारणसभा, २० वर्ष सेवा गर्ने कर्मचारीलाई सम्मान

<span class='c1'>जीवन विकासको २६ औं साधारणसभा, २०</span> <span class='c2'>वर्ष सेवा गर्ने कर्मचारीलाई सम्मान</span>

विराटनगर । जीवन विकास समाजले आफ्नो २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

२०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय क्षेत्रमा काम गरिरहेको छ ।

साधारणसभाका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरिबी रहित नेपाल निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताए । समाजको संस्थापक अध्यक्षसमेत रहेका मण्डलले संस्थाले समाजको समग्र क्षेत्रको विकासका लागि काम गरिरहेको बताए कार्यक्रममा कोशी प्रदेशका प्रदेशसभा सदस्य गयानन्द मण्डलले जीवन विकासले समाज केन्द्रित काम गरिरहेको बताए । नेपाली समाजको आवश्यकता कृषि क्षेत्रको विकास रहेको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि काम गर्न आग्रह गरे । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जीवन विकास समाजले नागरिकलाई घरसम्म पुगेर सहज रुपमा प्रवाह गर्ने सेवाले राम्रो सन्देश दिने बताए । जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जीवन विकासले समुदायको हरेक समस्या सामदान गर्ने उद्देश्यसहित सेवा प्रवाह गरिरहेको बताए ।

२० वर्ष सेवा गर्ने कर्मचारी सम्मानित
जीवन विकास समाजको साधारणसभाको अवसरमा पुराना र उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । समाजको साधारणसभामा जीवन विकास लघुवित्तमा २० वर्ष सेवा गरेका तीन जना कर्मचारीलाई सम्मान गरिएको थियो । लघुवित्तबाट २० वर्ष सेवा प्रवाह गरेका कर्मचारी सञ्जयकुमार साह, अन्जयकुमार मण्डल र रमेश रायलाई समाजका संस्थापक अध्यक्ष मण्डलले सम्मान पत्र प्रदान गरे । सोही कार्यक्रममा जीवन विकास समाजका कर्मचारी सन्तोषी साह, अभय मगर र सवारी चालक गणेश खड्का पनि सम्मनित भएका छन् ।

स्वास्थ्य क्षेत्र तर्फ जीवन विकास पब्लिक हेल्थ सेन्टरमा कार्यरत जगतबहादुर बस्नेत र अनु दाहाल सम्मानित भएका छन् । जीवन विकास मुनाफा वितरण नगर्ने संस्थाका कर्मचारी कुन्दन मण्डल तथा जीवन विकास पब्लिक स्कुलका प्रमोद मण्डल, सुनिताकुमारी चौधरी र उपेनकुमार मण्डल साधारणसभामा सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्