राष्ट्रिय टी–२० प्रतियोगीता : म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशियाको क्यूआरबाट भुक्तानी

<span class='c1'>राष्ट्रिय टी–२० प्रतियोगीता : म्यान अफ द</span> <span class='c2'>म्याच हुने खेलाडीलाई एनआइसी एशियाको क्यूआरबाट भुक्तानी</span>

विराटनगर । विराटनगरमा मंगलबारदेखि शुरु हुने राष्ट्रिय टी–२० प्रतियोगीताको म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ ।

आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो ।

सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पाेरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष महमद साद बाबु कुरेशीले सम्झौता गरेका छन् । म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो मंगलबार तोकिने अध्यक्ष कुरेशीले बताए । डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए ।

‘क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं । यसलाई सम्भव तुल्याउन एनआइसी एशिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ,’ उनले भने । फागुन २२ गतेदेखि चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद पुरस्कार ५ लाख र उपविजेताले ३ लाख र ट्रफी प्राप्त गर्नेछ । सात वटा प्रदेशसंगै ३ वटा विभागिय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैयाँ खर्च हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्