चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

<span class='c1'>चार मन्त्रालय पाउनुपर्ने</span> <span class='c2'>रास्वपाको दाबी</span>

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको सकस सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा थप दलहरुलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ ।

रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन् । अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा छन् । ‘शीर्ष नेताहरुबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैँ जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’

ती सांसदका अनुसार रास्वपाले चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । ‘यही मन्त्रालय भन्ने छैन । गृहमा हाम्रो बलियो दाबी हो । बाँकी जुन मन्त्रालय भएपनि हुन्छ, तर चार वटा हुनुपर्छ भन्ने छ,’ ती सांसदले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्