गलत मूल्यांकन गरी बढी भुक्तानी दिने चार जनाविरुद्ध मुद्दा दायर

<span class='c1'>गलत मूल्यांकन गरी बढी भुक्तानी</span> <span class='c2'>दिने चार जनाविरुद्ध मुद्दा दायर</span>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख (सि.डि.ई.) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोज कुमार यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

गैरकानूनी रुपमा उनीहरुले सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण गर्न विना टेन्डर निर्माण सम्पन्न गराई १ लाख सड्चालिस हजार रुपैयाँ बढी भुक्तानी गराउन भूमिका खेलेको पाइएको अख्तियारले उल्लेख गरेको छ ।

उनीहरुले गुन्जा कन्सट्रक्सन सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मण्डलसँग सडक निर्माणमा सम्झौता गरेभन्दा बढी कार्य गरेको भनी बढी प्राविधिक र अन्य मूल्याङ्कन गराई रु.३,४७,००० हजार रुपैयाँ बढी भुक्तानी दिलाएका थिए । भ्रष्टाचार गरेको दाबी सहित तीनै जना विरुद्ध आज विशेष अदालत काठमाडौंमा अख्तियारले सोही रकम, कैद र जरिवाना तिराउन माग गरेको छ । अख्तियारको अनुसन्धानको क्रममा उक्त कार्यमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख देव, तत्कालीन इन्जिनियर राय र सव–इन्जिनियर यादवको संलग्नता पुष्टि भएको भन्दै उनीहरुलाई विगो दाबी सहित कारबाही गर्न दायर आरोप पत्रमा अख्तियारले माग गरेको छ ।

‘निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौता समेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यावसायीलाई रु.३,४७,००० बढी भुक्तानी दिएको पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो तीन लाख सड्चालीस हजार रुपैयाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइएको हो’ अख्तियार प्रवक्ता नरहरी घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्