काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ ।
यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ ।
यस्तै, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा तोक्दा बिक्री दर १६८ रुपैयाँ ६१ पैसा कायम गरेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा र बिक्री दर १६८ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।