विराटनगर । विराटनगर महानगरपालिका ८ मा रहेको ईश्वर साना किसान कृषि सहकारी संस्था लि. को ११ औं वार्षिक उत्सव कार्यक्रमको सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष धर्मलाल सिंह कोइरीको अध्यक्षता तथा विराटनगर महानगरपालिका ८ का वडा अध्यक्ष राम पोख्रेलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रमको सम्पन्न भएको हो ।
पहिलो दिन सहकारी अगाडि रहेको बद्रि नारायण मार्गको संगम चोकदेखि हाटखोला बसपार्क मोडसम्म सडक सरसफाई गरी ट्याङ्करको पानीबाट धुलो नियन्त्रण गर्दै वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरिएको सहकारीले जनाएको छ।

वार्षिकोत्सव कार्यक्रममा प्रदेश कृषि सहकारी संघ लि. कोशी प्रदेशका सचिव रविन्द्र आचार्य विशिष्ट अतिथि, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इटहरी शाखाका नि. शाखा प्रमुख सविन लामिछाने विशेष अतिथि, विराटेश्वर वृद्ध आश्रम सेवा समितिका अध्यक्ष जगत अर्याल र विराटनगर वडा ८का वडा सदस्य म.अब्बासको सहभागिता रहेको थियो। कार्यक्रममा जेष्ठ मातापिता तर्फडिल्लीराम सेढाई,चन्द्र प्रसाद खतिवडा रमुद्दी मियाँ,जेष्ठ सदस्यतर्फ रामचन्द्र शर्मा र मिथिलेश कुमार सिंह राजपुत,एस.इ.ई. परिक्षामा उच्चतम ग्रेड प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीतर्फ मेरिना तामाङ्ग, स्नेहा विश्वास,आयुश घिमिरे र सुगम बस्नेत, दश जोड दुईपरिक्षामा उच्चतम ग्रेड प्राप्त गर्ने जेसिका लुइटेल,सुप्रिया अधिकारीर आर्यन भगत, उत्कृष्ट बाल बचत कारोबारतर्फ खुशी कुमारी कामत र सुलभ बास्तोला, उत्कृष्ट नियमित बचत कारोबार तर्फअजय साह र कमला कार्की, उत्कृष्ट ऐच्छिक बचत कारोबार तर्फशंकर कुमार पण्डित कुम्हार, पन्नालाल मण्डल गनगाई, सिताराम कोइरी, हिमा पोख्रेल र सरस्वती बस्नेत अधिकारी,असल ऋणी सदस्यतर्फअरबिन्द सिंह कोइरी र गीता कामत,सफल व्यवसायी सदस्य तर्फ सुरेश कुमार रिसिदेव र कृष्ण प्रसाद पौडेल, एकल महिला सदस्य तर्फ मुन्ना देवी थापा,सालो कुमारी मण्डल, सीता देवी राजबंशी र मिना श्रेष्ठ,सक्रिय सदस्य तर्फ मिना भण्डारी र जानकी थरुनी तथा लगनशिल कर्मचारी तर्फ देव कुमारी अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

वार्षिकोत्सव शुरुमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। जसमा २६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत विराटेश्वर वृद्धाश्रम सेवा समितिलाई १२ वडा सिलिङ्ग पंखा प्रमुख हस्तान्तरण गरिएको थियो। साथै बाल प्रतिभा प्रस्फुटनका लागि गरिएको बाल सदस्यहरुको नृत्य प्रतियोगितामा प्रथम अमिशा अधिकारी, द्वितिय रोनीका राजबंशी, तृतिय अनुस्का भगत र सान्त्वना पुरस्कार अपेक्षा कार्कीलाई प्रदान गरिएको थियो।
वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य सहसचिव संगीता काफ्ले, कार्यक्रम सञ्चालन सचिव लालबहादुर अधिकारीले गरेका थिए।
कार्यक्रमको उद्घाटन कार्यक्रम लगत्तै संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्थाको बारेमा जानकारी गराउदै मिति २०६९ /०२ /०२ मा तत्कालिन विराटनगर उपमहानगरपालिकाको ११ नम्बर वडामा ४ जना महिला सदस्य र २१ जना पुरुष सदस्य समेत गरी २५ जनाको दुई लाख शेयर पुँजीबाट कारोबार प्रारम्भ गरेको संस्थामा मिति २०७६ /११ /२२ गते कटहरी-४ स्थित सपोर्ट नेपाल बचत तथा ऋण सहकारी संस्था लि. एकीकरण भई सहकारी विभाग नयाँ बानेश्वरबाट स्वीकृत भएको र मिति २०७८ /१० /०९ गते कटहरी -२ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था लि. एकीकरण भई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशबाट एकीकरण स्वीकृत भएको थियो ।

एकीकरण पश्चात विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका र ग्रामथान गाउँपालिकासहित चार वटा स्थानीय तहमा सेवा सञ्चालन गरिरहेको साविक ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशको मिति २०८० /०६ /०८ को निर्णयानुसार साना किसानमा रुपान्तरण भएको सहकारी संस्थामा २०८० पौष मसान्तसम्ममा १६२३ जना सदस्यहरु आवद्ध रहेका छन्। एक करोड ७६ लाख भन्दा बढी शेयर पुँजी, ९ करोड भन्दा बढी ऋण लगानी रहेको व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए।