सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

<span class='c1'>सरकारमा सहभागी हुन रास्वपालाई</span> <span class='c2'>हतारो, टुंग्यायो मन्त्रीहरुको नाम</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सरकारमा सहभागी हुन हतारिएको हो । शीर्ष नेताहरुको दौडधुप, दलहरुको नियमित आन्तरिक बैठक जारी रहिरहेको र समीकरणको अझै टुंगो लाग्न बाँकी रहेका बेला रास्वपा सरकारमा जान हतारिएको हो ।

रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्