कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ

<span class='c1'>कुनामा मौन बसेको मन्त्रालयले अब आवाज</span> <span class='c2'>बुलन्द गर्छ : मन्त्री श्रेष्ठ</span>

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताए ।

मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरे । ‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो । अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’मन्त्री श्रेष्ठले भने । युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्र्नुपर्नेमा जोड दिएका उनले सबैसँग मिलेर सहकार्य गर्ने बताए । रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्