आजदेखि उर्लाबारीबाट राहदानी वितरण हुने

<span class='c1'>आजदेखि उर्लाबारीबाट राहदानी</span> <span class='c2'>वितरण हुने</span>

जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्यान दिएर स्थानीयवासीको विशेष पहलमा यसखाले सेवा थालिएको कार्यालयका प्रमुख मुरारी वस्तीले बताउनु भयो ।

पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरवन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविस यसको कार्य क्षेत्र हो । सेवा क्षेत्रको केन्द्रभागमा पर्ने उर्लाबारीबाटै राहदानी वितरणको काम थालिने भएपछि स्थानीय बासिन्दा हर्षित भएको यस कामका पहलकर्तामध्येका नेकपा (एमाले)का ९ नं क्षेत्रीय अध्यक्ष गङ्गाप्रसाद बाँस्तोलाले बताउनुभयो ।

सो इलाकामा जिल्लाको ३० प्रतिशत बढी जनसङ्ख्या रहेको छ । विसं २०४७ मा खडा भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय प्रमाणित कागजात, राहदानी सिफारिस प्रदान गर्नुका साथै असुरक्षासम्बन्धीको ठाडो उजुरी लिने गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्