-किस्मत खतिवडा
जिन्दगी अर्कैसँग जोडियो रहर म भए
अरु सजियो आँखामा कसिङ्गर म भए
सोचेको थिए वसन्त बनेर हरियाली हुन्छु
शिशिरमा ओइलाई झरेको पत्कर म भए
अचेल अर्कैको हात समाएर यात्रा गर्दैछे
गन्तब्यमा नपुग्दै छोडिएको सफर म भए
तिमी बग्दैछौ कसैको माया नदि जसरी
उराठलाग्दो मरुभूमि जस्तै बगर म भए
यसरि पनि चलिरहेको छ उसको जिन्दगी
आदी अर्कै, अन्त्य अर्कै मध्यान्तर म भए