बेलबारीमा दुर्घटना हुदा २ जना गम्भीर घाइते

<span class='c1'>बेलबारीमा दुर्घटना हुदा २</span> <span class='c2'>जना गम्भीर घाइते</span>

बिराटनगर असोज ३ , मोरङको बेलबारी-३ मा को १ ख ४१८८ नम्बरको मिनि ट्रकमा मे ७ प ७३९१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किदा मोटरसाइकलमा सवार झापा बिर्तामोड-६ बस्ने बिबेक पौडेल र काठ्मान्डौ कपन बस्ने बिन्दु जिसि घाइते भएका छन्।

घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

यता मोरङकै ईटहरा-२ स्थीत लक्ष्मी चौकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका मिलन बस्नेतको ४ बर्षिय छोरा असुअन बस्नेत घाइते भएका छन्।

घाइते बालकको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्