सुनसरी, असोज ५
सुनसरीको भरौल-३ मा मंगलबार माछा मार्न लगाएको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अन्दाजी ३३ बर्षिया केशब विश्वकर्मा रहेका छन्।
विश्वकर्मालाई सोही स्थानमा रहेको कुपी खोलामा विधुतको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो।
अपरान्ह ४ बजेतिर लागेको करेन्टले उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।