सडक भास्सिएपछी झापामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

<span class='c1'>सडक भास्सिएपछी झापामा</span> <span class='c2'>पूर्वपश्चिम राजमार्ग अवरुद्ध</span>

बिर्तामोड । झापामा मङ्गलबारदेखि परिरहेको निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ ।
वर्षात्का कारण बिहान ८ बजे बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेशद्वार नजिकै पूर्वपश्चिम राजमार्ग भत्किएको हो । सडक भत्किँदा सयौँ सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख इन्सपेक्टर ढुण्डीराज गिरीका अनुसार राजमार्गको दायाँबायाँ दुबैतिरबाट सडक भत्किएको छ । राजमार्गको बीच भागमा समेत चर्किएको र सडक भास्सिएको ट्राफिक प्रमुख गिरीले जानकारी दिए । received_1115413508537814
सडक अवरुद्ध भएपछि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई मुख्य राजमार्गको दक्षिणतर्फका भित्री सडकबाट ‘डाइभर्सन’ गर्ने काम भइरहेको बताइएको छ । भत्किएको सडकलाई पुनः मर्मत गर्नका लागि सडक डिभिजन कार्यालयले कन्सट्रक्सनलाई जिम्मा दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्