- सृष्टि सावित्रा
कोपिलाहरु छिट्टै फक्रिने रहरमा छन्
फक्रिसकेका थुङ्गाहरु खस्ने डरमा छन्
तिमी हिँड्दा सडकमा मन बिछ्याउथें मैले
आज मेरा गोडाहरु काँडाको सफरमा छन्
तिम्रो साथमा सुरक्षित छु म कसरी भनौं ?
प्रेमी द्वारा प्रेमीकाको हत्या खबरमा छन्
रहर बोकेका आँखाहरु शहर पुगिसके
बाध्यताका पाइलाहरु अझै बगरमा छन्
बृद्धा आश्रम कुर्दैछन् जिउँदा भगवानहरु
आखिर हाम्रो आस्था अझै पत्थरमा छन्