-सुमन धमला
मलाई नौ महिना सम्म कोखमा राखिन्
हरेक दुःख ,पीडा, कष्ट भोगेर मलाई यो
धर्तीमा जन्म दिइन् मेरा दुःख पीडा सबै
आफैले लिइन् मलाई जन्माएपछि हुर्काई,
बढाई, पढाई ठूलो मान्छे बनाइन् अनि म
कसरी भन्न सक्छु मेरी आमा गलत हुन् ।
सधैँभरी मेरो खुसीमा रमाउँछिन्
मेरो खुसीमा आफै हराउँछिन्
राती सपनामा पनि मेरै नाम लिदै
बर्बराउँछिन्, कराउँछिन्, चिच्याउँछिन्
अनि म कसरी भन्न सक्छु मेरी आमा गलत हुन्
आमालाई बुबाको खासै भर थिएन
त्यो बेला बस्न मिल्ने हाम्रो घर थिएन
छ जना छोराछोरी जन्माइन् हुर्काइन्
त्यो पनि भारी बोकेको भरमा एउटा
सानो घर बनाइन् हामीलाई कहिले पनि
नमिठो खान दिहिन्न आफूले एक गिलास
पानी पनि सुखले पिहिन्न यति धेरै दुःख ,
हैरान गरेर हुर्काइन् हामीलाई अनि म कसरी
भन्न सक्छु मेरो आमा गलत हुन्
आमाको भित्री मनलाई मज्जाले बुझ्न मन छ
देउतालाई छोडी आमाबालाई पुज्न मन छ
सिद्धिचरण नगरपालिका १०,ओखलढुङ्गा