सन्तानको दुर्व्यसन छुटाउन आमा कार्यक्रम : डीआईजी खापुङ

<span class='c1'>सन्तानको दुर्व्यसन छुटाउन आमा</span> <span class='c2'>कार्यक्रम : डीआईजी खापुङ</span>

पछिल्लो समय कोशी प्रदेशको विभिन्न जिल्लामा लागुऔषधको प्रयोग बढ्दै गएको छ । खुला सीमानाका कारण पनि भारतबाट सहज रुपले लागुऔषध झापा, मोरङ, सुनसरी हुँदै पहाडी क्षेत्रमा समेत भित्रिने गरेको छ ।

ब्राउनसुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवा साथै विद्यार्थीहरु समेतको संख्या बढ्दै गएको छ । दैनिक जस्तो प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गरेकै हुन्छन् । तर, पनि न्यूनीकरण र नियन्त्रणमा आउने सकेको छैन । यसै सन्दर्भमा पछिल्लो समय कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ’दुर्व्यसनविरुद्ध आमाहरु’ कार्यक्रम शुरु गरेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले बुधबार दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका थिए । लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरेर “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको डीआईजी खापुङ बताउछन् । “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रममा आमाहरुप्रति किन लक्षित भयो ? र यो कार्यक्रको उदेश्य के हो ? भन्ने सन्दर्भमा रहेर कोशी प्रदेश प्रहरी प्रमुख खापुङसँग सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी ।

१. “दुर्व्यसनविरुद्ध आमाहरु’ कार्यक्रमको सिर्जना कसरी भयो ?
म जिल्ला प्रहरी कार्यलय बाग्लुङमा एसपी थिए । अर्थात त्यहाँको प्रमुख थिए । त्यो जिल्लामा पनि लागुऔषध दुव्र्यसनको प्रभाव छ । र दुव्र्यसनविरुद्ध केही कार्यक्रम गरौँ भन्नेक्रममा केही साथीहरुसँग छलफल भयो । त्यहाँको एउटा आदर्श संचार सहकारी छ । उनीहरु पनि केही कार्यक्रम गराँै भन्ने लागिरहेको रहेछ । त्यही छलफलको क्रममा दुव्र्यसनविरुद्ध आमाहरु सचेत भयो सबैभन्दा बढी प्रभावकारी हुन्छ भन्ने निक्र्यौलमा पुगेको थियो । त्यहाँ सफल मानिएको कार्यक्रम अहिले यहाँ पनि कार्यन्वयनमा ल्याइएको हो ।

२. सन्तानको दुर्व्यसन हटाउन आमाहरु परिचालन गर्ने कार्यक्रमको उद्देश्य के हो ?
यो कार्यक्रमको एउटै उदेश्य लागुऔषध दुव्र्यसन न्युनिकरण र नियन्त्रण नै हो । बुबासँग भन्दा पनि धेरै छोराछोरी आमासँग समय व्यतित गर्छन् । त्यसले गर्दा आमाहरुलाई क्रियाशील बनाएर दुव्र्यसनबाट हुने अपराधलाई न्युनिकरण गर्नु, कानूनी प्रावधान र उपचारहरुको बारेमा जानकारी दिनु, सुरक्षित समाजको निर्माण गर्न, सरोकारवाला साथै सबै पक्षलाई जिम्मेवार बोध गराउन पनि यो कार्यक्रमको उदेश्य हो ।

३. आमाहरु प्रति मात्रै लक्षित किन ? बुवा पनि त सन्तानप्रति जिम्मेवार हुन्छन् हैन ?
सन्तान प्रतिको जिम्मेवारी त बुबाआमा दुवैजनाको हो । तर, अलिक निकटता आमासँग हुन्छन । आफ्नो छोराछोरीको आनीबानी सबैभन्दा धेरै आमालाई नै थाहा हुन्छ । उनीहरुको दैनिकी र आफ्नो सन्तनमा आएको परिवर्तनको बारेमा आमा नै अलिक जानकार हुने भएकाले पनि यो कार्यक्रम आमा लक्षित भएको हो । र, धेरै जस्तो आमासँग जोडिएको कार्यक्रम प्रभावकारी भएको छ । जस्तै आमा समूहको जाँड रक्सि, जुवातास विरुद्धको अभियान यो पनि प्रभावकारी नै भएको छ । बच्चाहरुको हुर्काइ बढाईमा आमाको अहम् भूमिका हुन्छ ।

४. यो कार्यक्रमलाई प्रभावकारी बनाउन थप अन्य जिल्लाहरुमा पनि सञ्चालनमा ल्याउदै हुनुहुन्छ ? कि झापा, मोरङ सुनसरी मात्रै हो ?
चैत १४ गते मोरङको बेलबारीबाट सुभारम्भ भएको यो कार्यक्रम कोशी प्रदेशको १४ वटै जिल्लामा सञ्चालनमा आउछ । यसलाई प्रभावकारी बनाउन सहयोग, समन्वय र सहकार्यकालागि प्रत्येक पालिकाहरुमा एक पालिकास्तरीय संरचनाको गठन भइरहेको छ । सम्बन्धित पालिकाका उपप्रमुख/प्रमुख अध्यक्ष बनेर महिला जनप्रतिनिधिहरु कर्यापालिका सदस्य १ जना साथै महिलासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि दुईजना , महिला जनस्वास्थ्यकर्मी, स्वयंसेविका एकजना , औषधि व्यवसायी दुईजना , पुर्नस्थापना केन्द्रका प्रतिनिधि एकजना, बाल संजालको तर्फबाट एकजना , पूर्व प्रहरी कर्मचारीका तर्फबाट एकजना र ईलाका प्रहरी कार्यालयको प्रमुख एकजना सदस्य सचिव रहने गरी पालिकास्तरिय संरचना निर्माण कार्य भइरहेको छ । यो कार्यक्रममा आन्तरिक मामिला तथा कनुन मन्त्रालयले समेत चसोका साथ लिनुभएको छ । आगमी बजेटमा यो कार्यक्रमका लागि बजेट छुटयाउने विषयमा मन्त्रालयबाट कुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्