आमा मलाई जन्मन देऊ

<span class='c1'>आमा मलाई</span> <span class='c2'>जन्मन देऊ</span>

— पारस भट्ट 'प्यासी'
तिम्रो गर्भभित्र हुर्किरहेकी भ्रूण "शिशु,
म तिम्री छोरी हुँ आमा
मेरो सानो चिच्याहट तिमी सुनिदेऊ,
गर्भभित्रै मेरा सपनाहरू नजलाईदेऊ,
आफ्नै कोख तुहाइदिने यो निर्दयी सोच,
त्यागिदेऊ, आमा
मलाई नमारी देऊ
आमा, मलाई जन्मन देऊ!

छोरी जन्मने हो भनेर किन डराउँछ्यौ?
आखिर तिमी पनि छोरी नै हौ होइन र आमा?
यदि तिमीलाई तिम्री आमाले गर्भमै हत्या गरिदिएको भए,
के तिमी आज यो सुन्दर संसार देख्न पाउने थियौ?
उनले तिमीलाई जन्म दिएर काखमा हुर्काइन्,
त्यसैले आज तिमी पनि आमा बन्न पाएकी छ्यौ
यो अवसर नगुमाइदेऊ,
आफ्नो काखमा मलाई हुर्काइदेऊ,
मलाई जन्माउन, माया गर्न,
यत्ति घृणा नगरिदेऊ!

तिम्रै रकतको थोपा बाट म बन्दै छु,
तिमीभित्र म सास खोज्दै छु,
बाँच्ने आशा गर्दैछु,
जन्मिने साहस गर्दैछु
तर तिमी, आमा,
मलाई गर्भमै अन्त्य गर्ने सोचमा छ्यौ,
भ्रुण हत्या गर्ने सोचमा छ्यौ
जबकि म बाँच्ने प्रयास गर्दैछु।

मेरो मुटु निर्माण हुँदैछ,
मेरो सानो शरीर बन्दै छ,
मेरो आँखाले अझै उज्यालो देखेको छैन,
मेरो हातहरूले तिमीलाई अझै छोएको छैन,
किनकि म तिम्रै गर्भभित्र छु
तर तिम्रो घरभित्र आउन पाएकी छैन।

आमा, मलाई स्वीकार गर,
मलाई जन्मन देऊ!
म तिम्रो हात समातेर हिंड्न चाहन्छु,
तिम्रा सपनाहरू पूरा गर्न चाहन्छु।
गर्भभित्रको अनकण्ठार, अन्धकारबाट
मलाई उज्यालो संसार देख्न देऊ,
आमा, मलाई जन्मन देऊ!

यदि तिमीले मलाई अस्वीकार गर्छौ भने,
तिमी आफैंलाई अस्वीकार गर्दैछ्यौ,
तिमी 'आमा' बन्ने अधिकार खोस्दैछ्यौ।
तर आमा, म तिमीलाई माया गर्नेछु,
सारा संसारका खुशीहरू तिमीलाई दिनेछु।
छोराको भन्दा बढी माया म दिने छु
बुढेसकालको साहारा म बन्ने छु
मलाई भ्रूणबाट परिपक्व हुन देऊ,
मलाई नौ महिना तिम्रै कोखमा बस्न देऊ।
आमा, मलाई जन्मन देऊ!

बैतडी,सुदूरपश्चिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2