-ऋषि तिवारी
सधैँजसो मर्निङवाक गरेर आएपछि घरमा पत्रीका खोज्थेँ । पत्रीका नदेखेपछि छोराछोरी, न भए श्रीमतीलाई सोद्थेँ । "आज पत्र-पत्रीका आएन ?"
उता छोराछोरी ट्युसन पढिरहेका हुन्थेँ भने, श्रीमती घर आँगन बढारिरहेकी हुन्थिन् । म थुचुक्क बाहिरको पिढिँमा सुइया सुसेली मार्दै कुर्सीमा थचक्कै बस्थे ।
कुर्सीमा के बसेको थिए, श्रीमतीले आँखैमा पत्रिका परोस भनेर अगाडी नै मेरो प्रकाशित भएको लघुकथाको ठूलो शिर्षक नै पल्टाएर राखेकी रहिछे । आँखा त्यही पर्यो । आफ्नो लेख रचना काठमाण्डौबाट पनि प्रकाशित भैसकेको थियो । यता पनि प्रकाशित भएछ भन्दै मक्ख परे । शुक्रवार प्रकाशित हुनु पर्ने थियो आज सोमवार कसरी प्रकाशित भयो आफैं अच्चमित भए ।
श्रीमती त्यही बेला भन्थिन् मलाई, " हजुर पत्रीकाले पैसा दिन्छ ?" म भन्छु उनलाई, "पत्रीकामा प्रकाशित लेख रचनाहरुको बिक्रीको लोभ छैन, पैसा दिओस न दिओस, मेरो रचनाहरु देशको कुना काप्चा सम्म छरियोस ।"
देला नि हजुर झुठो बोलिसिन्छ । म उसैगरी भन्छु, "दियो भने ति मन्दिरमा भोकै प्यासै बसेका भिखारीहरुलाई दुई छाक भरपेट ख्वाउँने थिएँ । यसरी उनीहरुको भोको पेट भरियो भने त्यो भगवानको शरणमा भिख मागिरहेका भिखारीहरुले भन्ने थिए, "बाबु, भगवानले तपाईंलाई भला गरुन् ।" त्यो मन्दिरको भगवान बोल्दैनन् । भिखारी बोल्छ बुझ्यौ ? भिखारी बोल्छ ।
यति भने पछि उनी चुप भइन् । म भने आफ्नै लेख रचना अध्ययन गर्दैरहें । यस पल्ट कुनै खबर छोडिन । तारिफगर्नेहरु भन्दा पनि जल्नेहरु बढी सकृय भए ।
विराटनगर -६ ममता-मार्ग ।