विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका कर्मचारीमाथि कुटपिट

<span class='c1'>विद्युत् चोरी नियन्त्रण अभियानमा</span> <span class='c2'>खटिएका कर्मचारीमाथि कुटपिट</span>

राजविराज सप्तरी, १६ असोज । विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ ।

विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय डिवनमा चोरी नियन्त्रण गर्न गएका प्राधिकरण राजविराजका इलेक्ट्रिकल विभागका अनन्तलाल मण्डलमाथि स्थानीयवासी जीवछ साह र मनोज यादव सहितका व्यक्तिले कुटपिट गरेको प्राधिकरणका प्रमुख रामउदगार साहले बताउनुभयो ।

साथै जिल्लाका भगवतपुर, सडेपार, सकरपुरा, मझोरा र बनोली हुँदै डिवनमा विद्युत् चोरी क्रममा समातिएका नौ जना भगाउनका साथै अभियुक्तले तीन थान मोटर र दुई थान सिलाइकटाइको यन्त्र लगायत सामान प्राधिकरणका कर्मचारीबाट खोसेको प्रमुख साहले जानकारी दिनुभयो ।

यसैबीच प्राधिकरण वितरण केन्द्र राजविराजले कुटपिट गर्नेमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । केही दिनयता सप्तरी जिल्लामा व्यापक विद्युत् चुहावट भइरहेको जनाउँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्त रुपमा अनुगमनलाई नियन्त्रण दिँदै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्