-पुष्पा बोगटी
एउटा पहाडलाई उचाईमा
पुग्न कति संघर्षले बाच्नु पर्यो?
भल,बाढी त्यही पहाड माथी उर्लिदा पनि
पहिरोले पछारिदा ,बजारिदा पनि
फेरि चर्किनु परेको थियो उसले
......चिरिनु परेको थियो !
आफ्नै सपनाको उचाईमा
जीवनले पहराको यात्रामा बाटो सर्वे गर्दिए पछि !
रित्तिनु परेको थियो शुन्यताको पनि माइनस बिन्दुमा !
त्यही बखत कसैसँग साहाराको गुहार माग्नु भनेको
कायरताको बाध्यात्मक जवाफ स्वीकार गर्नु हो.....!
यो संसारमा आकाशको साथी
अर्को आकाश छ कि छैन होला...?
मलाई लाग्छ !
"एउटा जीवित मुटु माथी आकाश खस्नु भनेको
आकाशले मसँग मीत लगाउनु हो"
त्यसैले जीवनको बुझाईमा....!
पहाड पहरा हुनु !
रित्तिनु, चकनाचुर हुनु!
सबै सबै सकिनु....!
र अन्तिम एक सर्को स्वास मात्रै जीउदो हुनु !
....अकल्पनीय पृथ्वी पल्टिनु मेरा लागी
आकाश खस्नु र आकाश नै मित्र हुनु सो सरह हो!