- रिबन बस्नेत
एकपछि एक छुट्दै गयो सबैको साथ,
सहज जिन्दगीले फेर्यो आफ्नै बात,
समयले त के भनौं, आफ्नैले गर्ने रहेछन् विश्वास घात,
तर सकिन आज बुझ्न यो समयको साथ।।
अर्थ विहिन यो जिन्दगीको कसरी खोज्ने अर्थ,
व्याख्या विहिन जिन्दगीको कसरी खोज्नु यथार्थ ,
आफूलाई नै नबुझ्नेले, कसरी बुझ्नु समयको खेल,
कसरी छुट्याउनु होला यो अमूल्य जिन्दगीमा विष र अमृतको मेल।।
मरूभूमिमा भड्किएको यात्री झैं म,
रातको अन्धकारमा छाँया खोज्दै गरेको पागल सरी भैसके,
दिनरात एक गरे समयको अर्थ खोज्न र बुझ्न,
तर समय सँगसँगै जिन्दगीसँग सकिएन जुध्न।।
इन्दुले मोहित हुने मन, आज शब्दको जालमा फस्दैछ,
संगीतको धुनमा रमाउने तन
आज शून्य, शून्य हुँदैछ।।