कोशी प्रदेशमा आगामी वर्षको नीति कार्यक्रम आज

<span class='c1'>कोशी प्रदेशमा आगामी वर्षको</span> <span class='c2'>नीति कार्यक्रम आज</span>

विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ।

आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।
यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो।

आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्