विश्व वातावरण दिवसमा सेन्ट मेरिज स्कुलको सडक नाटक

<span class='c1'>विश्व वातावरण दिवसमा सेन्ट</span> <span class='c2'>मेरिज स्कुलको सडक नाटक</span>

विराटनगर । आज जुन ५अर्थात विश्व वातावरण दिवस । आज विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ ।

यसैबीच विराटनगर २ मा रहेको सेन्ट मेरिज स्कुलले विविध सचेतना मुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ ।

स्कुलले बुधबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सचेतना मुलक सडक नाकट प्रस्तुत गरेको छ । कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरुले वातावरणलाई कसरी सरक्षण गर्ने भन्ने विषयमा १५ मिनेटको सडक नाटक देखाएका थिए । साथै कार्यक्रममा विद्यार्थीहरुले संगीतको माध्यमबाट वातावरणलाई सफा सुन्दर बनाउनको लागि गीतहरु पनि प्रस्तुती दिएका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालय अगाडी सरसफाई कार्यक्रम समेत गरेका छन् । त्यस अघि ‘रुख विरुवा रोपौ, वातावरण सफा राखौँ’ भन्ने प्लेकार्ड सहित विद्यार्थीहरुले ¥याली समेत निकालेका थिए । कार्यक्रममा स्कुलकी सिष्टर मार्लिन सिजे र रुफिना सिजे अन्य शिक्षक शिक्षिका कर्मचारी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

उता विद्यार्थीहरुले स्कुल परिसरमा फुड स्टल समेत राखेका थिए । विद्यार्थी आफैले विभिन्न मिष्ठान्न भोजनका परिकारहरु समेत बनाएर विद्यार्थी तथा शिक्षक शिक्षिकालाई प्रदान गरेको स्कुलकी पिआर सुष्मा लावतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्