विराटनगरमा फेरी अर्को सहकारी लफडा

<span class='c1'>विराटनगरमा फेरी अर्को</span> <span class='c2'>सहकारी लफडा</span>

प्रेम देवान
विराटनगर । विराटनगरमा अर्को एक सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेपछि विवाद उत्पन्न भएको छ ।

यस अघि विराटनगरका नाम चलेका तुलसी , रारा, माछापुच्छ्रे, धरणीधर, अम्बे सहकारीमा विवाद र लफडा भएको थियो । बचतकर्ताले जम्मा गरेको रकम सहकारीले नदिएपछि घटनाहरु बाहिरिँदै आएका हुन् । यसैबीच विराटनगर १३ रोडशेष चौक दक्षिण जोगवनी रानी सडक खण्डमा रहेको नेपाल सहकारी संस्थाले बचतकर्ताको जम्मा गरेको रकम नदिएपछि विवाद उत्पन्न भएको हो।

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता लिने समय ‘म्याचुरेटी’ दुईबर्षभन्दा बढी वितिसक्दा पनि पैसा फिर्ता नगरेपछि सहकारीको कार्यलयमा पुगेर पैसा पाउनुपर्ने माग गरेका छन् । अधिकास बचतकर्ताहरुले सहकारीमा दैनिक ज्यालादारी , ठेला र रिक्सा चलाएर रकम बचत गरेका थिए ।
विराटनगर १३ का दिपेन्द्र महतोले सिटी सफारी चलाएर सहकारीमा रकम बचत गरेका थिए । उनी पैसाको लागी धाएको झन्डै २ बर्ष भईसक्यो । तर, उनले अहिले एक पैसा पनि पाएका छैनन् ।

उनी जस्तै विराटनगर १३ कै सारदा महतोले पनि आफ्ना श्रीमान् र छोराको नाममा पैसा जम्मा गरेकी थिईन् । उनले ठेलामा मःम चाउमिन चिया बेचेर रकम बचत गरेकी थिईन् । तर अहिले आफुलाई चाहिएको बेला बचत गरेको रकम नपाएपछि सहकारी प्रति तिव्र आक्रोस पोखिरेकी छिन् । बुधबार नेपाल सहकारीमा बचतकर्ता रकम माग गर्दै पुगेका थिए ।

यता सहकारीका संचालक समितिका पदाधिकारीहरु सबै सम्पर्कविहीन छन् । अहिले सहकारीको हरहिसाब पूर्व अध्यक्षकी श्रीमती श्रीजना खातीले हेर्दै आएकी छिन् । यस अघि अध्यक्ष रहेका राजु शर्माको २०७८ सालमा असमायिक निधन भयो । त्यसपछि तत्कालिन सचिव रहेका निर्मल कुमार दाहालले एकलौटी रुपमा सहकारीलाई संचालन गर्न सुरु गरे । उनले रमिला विश्वकर्मा शिलवाल भन्ने महिलालाई अध्यक्ष बनाएर सहकारी चलाउन सुरु गरेका थिए । तर अहिले दाहाल सहकारीको हिसाव किताव लथालिङ्ग पारेर ३ महिनादेखी सम्पर्कविहीन भएका छन् ।
स्रोतका अनुसार दाहाल जापानमा रहेको खुल्न आएको छ । सहकारीको रेखदेख अहिले उनै मृतक राजु शर्माकी श्रीमती श्रीजनाले गर्दै आएकी हुन् । खातीको पनि आफ्नै जनता बचत नाम गरेको रोडशेषमा सहकारी थियो । उनले जनता सहकारी २ बर्ष अगाडी नै बन्द गरेर अहिले नेपाल सहकारीको कारोबार हेर्दै आएकी छिन् ।

जनता सहकारीका बचतकर्ताहरुलाई यतै नेपाल सहकारी मै ल्याएर पैसा लगानी गर्नेदेखी ऋण असुली गरिरहेकी छिन् । बचतकर्ताहरुले आफुले जम्मा गरेको रकम पाउनु पर्ने भन्दै सहकारीको हरहिसाव हेर्दै आएकी श्रीजना खाती समक्ष माग गरिरहेका छन् । नेपाल सहकारीमा भित्र ठुलो गन्जागोल र भन्द्रगोल रहेको स्वयम खातीले आवर विराटनगरलाई बताईन् । अहिले सहकारी एउटा सानो कोठामा छ । एक जना मात्रै पैसा संकलन गर्ने कर्मचारी छन् । त्यो पनि केही महिनादेखी बचत उठाउन बन्द गरिएको छ । यता बचतकर्ताको रकम लगानी गरेको पैसा उठेपछि मात्रै फिर्ता हुने हाल सहकारीको रेखदेख गर्दै आएकी खातीले भनिन् । उनका अनुसार आफ्ना श्रीमान्को निधनपछि भित्री चलखेल गरेर डुबाएको सहकारी अब आफैं लागेर उकास्ने योजना छ ।

अहिले सहकारीका संचालकहरु पनि नभएका कारण आफुले केही गर्न नसक्ने बताईन् । बचतकर्ताहरुले भने वडा नम्बर १३ का वडा अध्यक्ष सहितको उपस्थितमा छलफल गरी रकम असुल गर्ने वा खाती विरुद्ध ठगी सम्बन्धी मुद्धा हालेर अगाडी बढ्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्