क्रिकेट प्रेमीलाइ खुसीको खबर : सन्दिप लामिछाने विश्वकप खेल्न वेस्ट इन्डिज जाने

<span class='c1'>क्रिकेट प्रेमीलाइ खुसीको खबर : सन्दिप</span> <span class='c2'>लामिछाने विश्वकप खेल्न वेस्ट इन्डिज जाने</span>

विराटनगर । जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।

क्यानले सोमबार बिहान सार्वजनिक गरेको प्रेस बिज्ञप्ति मार्फत क्यानले नेपालले वेस्ट इन्डिजमा खेल्ने बंगलादेश र दक्षिण अफ्रीकासंगको खेलको लागि उनि टिममा खेल्ने भएका हुन् ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ ।आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्