यू–१५ विद्यालय खेलकुद : कोशी प्रदेश टेबल टेनिस टीम उप-विजेता

<span class='c1'>यू–१५ विद्यालय खेलकुद : कोशी</span> <span class='c2'>प्रदेश टेबल टेनिस टीम उप-विजेता</span>

विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा कोशी प्रदेश टेबल टेनिस टीम २ रजत र २ काँस्यसहित टीम उप-विजेता बन्न सफल भएको छ ।

बागमती प्रदेश र लुम्बिनी प्रदेश क्रमशः प्रथम र तृतीय हुन् सफल भए । ब्वाइज सिङ्गल्सतर्फ फाइनलमा बागमती प्रदेशका जयस्नु महर्जनले कोशी प्रदेशका सुशान्त मेहतालाई ८-११,११-५,११-७,११-६ म्याच स्कोरले पराजित गर्दै विजेता भए । सोही इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ तृतीय हुन् सफल भए । गर्ल्स सिङ्गल्सतर्फ बागमतीकी नर्मदा खाइतुले कोशी प्रदेशकी सुलेखा कुमारी ठाकुरलाई ११-९,४-११,११-५,१३-११ सेट स्कोरले पराजित गर्दै विजेता भइन् । अर्को काँस्य मिक्स डबल्स इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ र सुलेखा कुमारी ठाकुरको जोडीले प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्