टिकटक प्रतिबन्ध खुला गर्न सांसदको माग

<span class='c1'>टिकटक प्रतिबन्ध खुला</span> <span class='c2'>गर्न सांसदको माग</span>

काठमाडौं । सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटक माथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निणर्य फिर्ता लिन माग गरे ।

‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइ रहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’ साहले प्रश्न गरे।

सांसद साहले सरकारले लगाएको प्रतिबन्धको कारण दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौं रुपैयाँ गुमाउनु परेको र टिकटकबाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ति व्यवसायीहरु मर्कामा परेका तथा विस्थापित भएको धारणा राखे । उनले अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दिने तर टिकटकलाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुने समेत बताए ।

सरकारले २०८० कात्तिक २७ बाट टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्