स्वास्थ्य बीमा बोर्डका कोशी प्रदेश प्रमुख कार्यकक्ष मै थुनिए

<span class='c1'>स्वास्थ्य बीमा बोर्डका कोशी प्रदेश</span> <span class='c2'>प्रमुख कार्यकक्ष मै थुनिए</span>

प्रेम देवान
विराटनगर । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितलाई आन्दोलनरत पक्षले कार्यकक्षमा नै थुनिदिएका छन् ।

विगत ४ दिनदेखी आन्दोलनमा रहेका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले शुक्रबार बिहान कार्यालयमा हाजिर हुन आएका प्रदेश प्रमुखलाई बाहिरबाट ताल्चा लगाएर कार्यकक्ष मै थुनेका हुन् ।

न्युतमत तलब सुविधासहित १० प्रतिशत प्रोत्साहन रकम कायम होस् वा योगदान रकमको २५ प्रतिशत वृद्धी गरी मात्र १५ प्रतिशत कर कट्टी हुनुपर्ने माग राख्दै विगत ४ दिनदेखी आन्दोलनमा छन् । विभिन्न ७ सुत्रिय माग राखेर आन्दोलन गर्दै आएका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले बिहीबार पनि कार्यालयको मुख्य प्रवेशद्धारमा ताला बन्दी गरेर सबै कर्माचारीलाई भित्र नै थुनेका थिए । तालाबन्दी पछी आन्दोलनरत दर्ता सहयोगीहरुले रोडशेषस्थित मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा झापा , सुनसरी , मोरङ र उदयपुरका स्वास्थ्य बीमा दर्ता सहयोगीहरु सहभागी थिए । ‘हाम्रा माग पुरा, प्रदेश सरकार पहल गर , हाम्रो आन्दोलन जारी छ,’जस्ता नारा लगाउदै धर्ना दिएका थिए । साथै उनीहरुले दर्ता सहयोगी पद हटाई उचित पदको नामाकरण गरिनुपर्ने, न्यूनतम तलब तोक्नुपर्ने, पोषाकको व्यवस्था, मसलन्द सामाग्री , सञ्चारको सुविधा गरिनुपर्ने लगायतका माग राख्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले आन्दोलन गर्दै आएका छन् ।

बीमा गरेबापत दिइने योगदान रकमको कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई बृद्धि गरेर १५ प्रतिशत लिन पत्र काटिएपछि मुलुक भरै आन्दोलनको सुरुवात भएको हो । २०७९ सालदेखिको महालेखाले बेरुजु देखाएको बेरुजु दर्ता सहयोगीबाट असुल गर्ने पत्रचार गरेपछि स्वास्थ्य बीमा दर्ता सहयोगीहरुमा निराशा पैदा भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्य बीमा दर्ता सहयोगी कोशी प्रदेशकी संयोजक गंगा सुवेदीले जानकारी दिनुभयो । आफुहरुको माग सम्बोधन नभए समम अझ ससक्त आन्दोलन गर्दै जाने संयोजक सुवेदीले चेतावनी दिनुभयो । अहिले कोशी प्रदेशमा मात्रै १२६६ जना स्वास्थ्य बीमा दर्ता सहयोगीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्