४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा एक पक्राउ

<span class='c1'>४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी</span> <span class='c2'>गरेको आरोपमा एक पक्राउ</span>

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

मङ्गलबार गौशाला–२ मै छिमेकीको ४ वर्षीया नाबालिका घर नजिकै खेलिरहेको अवस्थामा युवक भुजेलले उनलाई त्यही छेउमा रहेको उखुबारीमा लगी जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।पक्राउ गरिएका युवक भुजेललाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखी उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्