पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने

<span class='c1'>पशुपतिनाथमा अब भक्तजनले चारवटै</span> <span class='c2'>ढोकाबाट दर्शन गर्न पाउने</span>

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ ।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो ।

यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा पूजाका लागि भट्टहरु प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजेपछि भक्तजनका लागि तीनवटा ढोका खोल्ने गरिएको थियो। विकास कोषले पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गर्ने गरेको थियो । यसअघि हरितालिका तीज, महाशिवरात्रिर बालाचतुर्दशीकोविशेष दिनमात्रै पशुपतिको चारै ढोका खोल्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्