विराटनगरमा बिरुवा रोप्न जहिल्यै हतार, पुनः झाडिमै रोपियो

<span class='c1'>विराटनगरमा बिरुवा रोप्न जहिल्यै</span> <span class='c2'>हतार, पुनः झाडिमै रोपियो</span>

इन्दु साह
विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार गरिएको उक्त कार्यक्रम भने सन्तोषजनक देखिदैन । छ लेन सडकको डिभाईडरमा जहिल्यै विरुवा रोप्न मेयर–उपमेयरलाई हतारो गराइन्छ । जसले गर्दा रोपिएका विरुवा जाग्लान् भन्ने आशा कमै मात्र देखिन्छ ।

शनिबार शुभारम्भ कार्यक्रममा घाँसचोकको डिभाइडरमा रोपिएका विरुवा वैज्ञानिक ढंगले रोपिएको छैन । डिभाईडरमा भएका माटो झिकेर मल मिलाउने र उर्वरा बनाउने योजना थियो । तर, त्यस विपरित माटो यथावत राखेर बिरुवा रोप्ने ठाउँमा सानो खाडी खन्ने र अनि मल राख्ने बाहेक गरिएन । उर्वरा नहुँदा त्यसले विरुवालाई विकास हुनबाट रोक्छ भने सबै माटो झिकेर मलसँग मिसाएर हाल्ने कुरा कार्यान्वयन भएन । डिभाईडरमा भएका माटोलाई उर्वरा बनाएर मात्र विरुवा रोपिने सरसफाई शाखा प्रमुख पुनम दाहालको भनाई थियो । उनले अन्य बेला हतारमा विरुवा रोपिए जस्तो यस पटक हतार नगरी व्यवस्थित ढंगले विरुवा रोपिने बताएका थिए । तर, यस पटक पनि डिभाईडरका झार समेत नडटाई विरुवा रोपिएको हो।

मेयर नागेश कोईरलाले भने उक्त फुलका विरुवा व्यवस्थित तरीकाले रोपिएको दावी गरेका थिए । यस्तै शनिवार रोपिएका विरुवाहरु जस्तै गरी अब क्रमश अन्य डिभाईडरहरुमा विरुवा रोपिने दावी छ । बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाले १४ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्