विराटनगर महानगरका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई जलन सम्बन्धी तालिम

<span class='c1'>विराटनगर महानगरका स्वास्थ्य स्वयमसेविका र</span> <span class='c2'>स्वास्थ्यकर्मीलाई जलन सम्बन्धी तालिम</span>

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

यदि कसैलाई आगोबाट जलन भयो भने तत्कालै के गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? त्यसपछि कहाँ समन्वय गर्नेलगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो । कीर्तिपुर अस्पतालका चिकित्सक प्रा.डा. शंकरमान राईले सहभागीहरुलाई विस्तृत रुपमा जलनसम्बन्धी जानकारी गराउनुभएको थियो । उहाँले सामान्य जलन हुँदा प्राथमिक उपचार सही तरिकाबाट नगरिँदा त्यसबाट बढी जोखिम हुन सक्ने बताउनुभयो ।

धेरै मानिसलाई जलनपछि के गर्ने भन्ने सामान्य जानकारी नहुँदा मलम, पेष्ट, आलु, एलोबेरा, टमाटरलगायत लगाउने गरेको उहाँको भनाइ थियो । यदि कसैलाई जलन भयो भने तत्कालै कल वा धाराको पानी लगातार आधा घण्टासम्म लगाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै जलन भएका व्यक्तिलाई जीवनजल दिने र तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लैजान उहाँले सुझाव दिनुभयो । जसले गर्दा जलनबाट हुने क्षति कम हुने डा. राईले जानकारी गराउनुभयो । कीर्तिपुरका डा. राईसहित सहायक प्राध्यापक कैलाश खाकी श्रेष्ठले सहभागीहरुलाई जनलको प्राथमिक उपचार, जोखिम न्यूनीकरणलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आगलागीबाट हुने मानवीय क्षति न्यूनीकरणमा तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरण तालिममा महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको सहभागिता रहेको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । महानगरका मेयर नागेश कोइरालाले विराटनगर-१९ स्थित वैजनाथपुर अस्पतालमा जलन सम्बन्धी प्राथमिक उपचारको व्यवस्था मिलाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले जलनको उपचार गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेट्ने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान र सीपका कारण आगलागीबाट जलन भएका व्यक्तिको उपचार प्रभावकारी हुने स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले दाबी गर्नुभयो । जलन हुँदा के-के गर्न हुने र के-के गर्न नहुने भनेर अधिकांश स्वास्थ्यकर्मीलाई समेत जानकारी नभएको अवस्थामा तालिम प्रभावकारी भएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्