नोबेलको एमबीबीएस अध्ययनरत विद्यार्थीलाई जहिल्यैको ‘टर्चर’, विवादबाट वाक्क छन् होस्टेलमा बस्ने

<span class='c1'>नोबेलको एमबीबीएस अध्ययनरत विद्यार्थीलाई जहिल्यैको ‘टर्चर’,</span> <span class='c2'>विवादबाट वाक्क छन् होस्टेलमा बस्ने</span>

इन्द साह
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा विभिन्न समयमा एमबीबीएस अध्ययनरत विद्यार्थीबीच विवाद हुने गरेको छ । विवादले चर्चामा आउने नोबेलमा आइतबार अर्को लफडा सिर्जनाभयो । आन्तरिक कार्यक्रममा भएको विवादले उग्ररुप लिदाँ सोमबार बिहानसम्म होस्टेल परिसर तनावग्रस्त बनेको थियो ।

एमबीबीएस अध्ययनरत विद्यार्थी इशान शर्मा, पप्पुकुमार सराफ र एथेन्स भट्टराईको समूहले अर्को समूहमाथि हातपात गरेको थियो । उनीहरुले विद्यार्थी शिशिर सुवेदीलाई अनावश्यक रुपमा टर्चर दिदैं हातपात गरेका थिए । सुवेदीलाई बचाउन आउने विद्यार्थीलाई समेत शर्मा, सराफ र भट्टराईहरुले आक्रमण गरेका थिए ।

यीमध्ये ईशान शर्मा नोबेल मेडिकल कलेज सञ्चालकका छोरा हुन् । उनी त्यहि कलेजका विद्यार्थी समेत । एउटै कलेजमा पढ्ने विद्यार्थी भएपनि आफ्नै कलेज भएका कारण ईशान अरु भन्दा शान्त र इमान्दार हुनुपर्नेमा उनी उल्टै विद्यार्थीका लागि वाक्क लाग्दा पात्र बनिरहेका छन् ।

घटनापछि विद्यार्थीले प्रहरीसँग सहयोग मागेको थियो । प्रहरीले कुटपिट आरोप लागेका शर्मा, सराफ र भट्टराईलाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो। शर्माले अधिक मदिरा तथा लागुऔषध सेवन गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । यद्यपी प्रहरीले भने उनले के खाएको नखाएको बताउन चाहेको छैन। शर्माले बारम्बार नोबेल भित्र अध्ययनरत विद्यार्थीलाई कुटपिट गर्दै आएका छन् । विद्यार्थीले मार खपेर पनि बाहिर कुरा गर्न सक्दैनन् । शर्मा संघीय सांसद हुन् । उनी काँग्रेस भित्र डा.शेखर कोइराला समूहमा रहेका छन् । कोइराला समुहको संरक्षणमा रहेका सुनिल शर्माले यस अगाडी समेत बारम्बार विद्यार्थीलाई दुःख दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्