लेटाङमा छुरा प्रहार गरी दुई युवाको हत्या गरेको आरोपमा १० पक्राउ

<span class='c1'>लेटाङमा छुरा प्रहार गरी दुई युवाको</span> <span class='c2'>हत्या गरेको आरोपमा १० पक्राउ</span>

मोरङ, कार्तिक १८

मोरङको लेटाङ-भोगटेनीमा सोमबार राती हुर्रा नाच हेर्न गएका दुई युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा दश जनालाई प्रहरीले पक्राउ गरेको छ।

भाइटीकाको अघिल्लो दिन लेटाङ–भोगटेनी नगरपालिका–५ स्थित एक घरमा हुर्रा नाच चलिरहँदा केराबारी गाविस ९ का सोनम गुरुङ र दिपेन गुरुङको पेट तथा शरीरका विभिन्न भागमा छुरा, चुप्पी, कर्दलगायत दाउराले प्रहार गरी हत्या भएको थियो।

पक्राउ पर्नेमा लेटाङ-भोगटेनी नगरपालिका ५ का ३८ वर्षिय ध्वाँसे भन्ने लिलबहादुर मल्ल ठकुरी, सोही नगरपालिका ४ धोबीटोल बस्ने १८ वर्षिय डुक्पा भन्ने कपिल चेम्जोङ, वडा नम्बर ५ बस्ने २० वर्षिय निश्चल मगर, सोही ठाउँ बस्ने १८ वर्षिय सन्तोष विश्वकर्मा, सोही उमेरका बिक्रम मगर, १९ वर्षिय उत्तम शाही, २३ वर्षिय कुमार बस्नेत, १७ वर्षिय चलाखे भन्ने सविन राई, ८ वर्षिय बिरे भन्ने आदित्य मगर र २० वर्षिय रुपन राई छन्।

प्रहरीले ठकुरी र चेम्जोङलाई इटहरी तथा अन्यलाई लेटाङ–भोगटेनी नगरपालिकाका विभिन्न स्थानबाट बुधबार राती पक्राउ गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्