प्रतिनिधिसभा बैठकमा खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

<span class='c1'>प्रतिनिधिसभा बैठकमा खर्च कटौतीका</span> <span class='c2'>चार प्रस्ताव प्रस्तुत</span>

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।

जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्‘ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्