युरोकप : जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २–० ले पराजित

<span class='c1'>युरोकप : जर्मनीलाई लगातार दोश्रो</span> <span class='c2'>जित, हंगेरी २–० ले पराजित</span>

काठमाडौं । आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए । स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । जर्मनीका लागि गुन्डोगानले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनले म्याक्सी मिलानको पासमा गोल गरेका थिए ।

जितसँगै समूह एमा जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा स्कटल्याण्डलाई जर्मनीले पराजित गरेको थियो । हंगेरीको भने यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्