टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

<span class='c1'>टीकापुर घटनाका दोषीलाई कारबाही</span> <span class='c2'>गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताए ।

‘टीकापुर घटना एउटा दुखद घटना हो । जसमा जनधनको अपुरणीय क्षति हुनपुग्यो । घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ’, दाहालले भने । थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको धारणा दाहालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्