६ वटा नाटक मञ्चन गर्दै आरोहण नाटक महोत्सव समापन

<span class='c1'>६ वटा नाटक मञ्चन गर्दै</span> <span class='c2'>आरोहण नाटक महोत्सव समापन</span>

विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो ।

नकारात्मक तत्वहरुले मानिसको सकारात्मक मनस्थितीलाई कसरी बिगार्दै शत्रुताको विशाल आधार खडा गर्न सक्छ भन्ने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा प्रजल दुलाल, आशीष पुरी, करण प्याकुरेल, नितीका घिमिरे लगायतको अभिनय रहेको थियो । यससँगै असार १ देखि शुरु भएको नाटक महोत्सव पनि सकिएको छ । आयोजक आरोहण गुरुकुल विराटनगरले चौथो अध्याय मञ्चन गर्दै शुरु भएको महोत्सवमा दोस्रो दिन कदम थिएटरले जयमाया आफू मात्रै लिखापानी आइपुगी, तेस्रो दिन ह्वी क्यानले स्कुल र पिस नेपालले हेत्छाकुप्पा मञ्चन गरे । चौथो गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले सुरुङ मञ्चन गरेका थिए । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन भए ।

कोशी प्रदेशका नाट्यकर्मी तथा साहित्यकारहरुको जमघट र आपसी सांस्कृतिक आदानप्रदान भएको महोत्सवले आगामी कार्यक्रम आयोजना गर्न हौसला मिलेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्